Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – मल्लरानी गाउँपालिकाबाट खाता खोलेको राजमोले फेरि झिमरुक गाउँपालिकामा विजय हासिल गरेको छ । मोहन विक्रमको गाउँमा मसालको चुनावी मोर्चा राजमो प्रमुख उपप्रमुख दुवै पदमा विजय भएको हो ।

राजमोका उम्मेदवार तीलबहादुर जीसी र पवित्रा जीसी विजयी हुनु भएको छ । प्रमुखमा ३ हजार ७ सय १३ र उपप्रमुखमा ३ हजार ७ सय ९० मत प्राप्त गरी जनमोर्चाका उम्मेदवार विजयी हुनु भएको हो । प्रतिद्वन्द्वी माओवादी केन्द्र रहेको छ ।

माओवादी केन्द्रका उम्मेदवार पीतबहादुर एमसीले प्रमुख र उपप्रमुखमा राधा जीसीले क्रमशः २ हजार ७ सय ८१ र २ हजार ५ सय ३१ मत प्राप्त गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया