Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

कञ्चनपुर  –  ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा लालझाडी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिका अध्यक्षमा माओवादीका उम्मेदवार मदन सेन बडायर र उपाध्यक्षमा सल्यादेवी महरा विजयी हुनुभएको हो ।

अध्यक्ष पदमा मदन सेन बडायरले एमालेका निर्मल रानालाई १४२ मतले पछि पार्दै जित हासिल गर्नुभएको छ । उपाध्यक्षमा सल्यादेवी महरा १२४ मत अन्तरले विजयी हुनुभएको छ ।

अध्यक्षमा बडायरले २५०९ मत ल्याउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वीले २३६४ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा महराले २३४५ र उहाँका प्रतिद्वन्द्वीले २२२१ मत ल्याउनुभएको छ ।

त्यसैगरी, वडामा अध्यक्षमा १, २, र ५ मा कांग्रेस र ३, ४ र ६ मा माओवादीले जित हासिल गरेका छन् ।

तपाईको प्रतिक्रिया