सुनसरी – दोस्रो चरणको स्थानीय चुनावमा सुनसरीमा उत्साहजनक रुपमा मतदान भइरहेको छ ।
बिहान पानी परेपछि मतदान प्रक्रिया प्रभावित भएपनि अहिले रोकिएको छ । धरानमा पानी परेका कारण केहिबेर मतदान रोकिएको थियो । तर अहिले सुचारु भएको मुख्य निर्वाचन अधिकृत अर्जुन कोइरालाले बताउनु भयो ।
जिल्लाका एक सय ६४ मतदान स्थलका ४ सय ८५ मतदान केन्द्रमै मतदान भइरहेको छ ।