Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – विश्वभरका ठूला कम्पनीका कम्प्युटरमा साइबर आक्रमण भएको छ । र्‍यानसमवेयर साइबर आक्रमणका कारण विश्वभरका कम्पनी प्रभावित भएको बिबिसीले जनाएको छ । र्‍यानसमवेयर साइबर आक्रमणका कारण कम्पनीका आइटी प्रणाली प्रभावित भएका छन् ।

साइबर आक्रमणको स्रोत अहिलेसम्म खुलेको छैन । तर निश्चित मात्रामा पैसाको माग गर्दै विश्वका विभिन्न कम्पनीको कम्प्युटरमा भाइरस आक्रमण भएको हो । यो साइबर आक्रमणको पहिलो शिकार युक्रेनको राष्ट्रिय विद्युत कम्पनी तथा किएभमा रहेको मुख्य विमानस्थलसहितका अरु युक्रेनी कम्पनीका कम्प्युटर बनेका थिए ।

अहिलेसम्म झण्डै दुई हाजरको हारहारीमा आक्रमण भएको र त्यसबाट प्रभावित हुनेमा युक्रेन, रुस, पोल्याण्ड, बेलायतसहितका देशका कम्प्युटर रहेको रुसको एन्टी भाइरस कम्पनी कस्पर्सकी ल्याबले जनाएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले यो विषयमा सुक्षम निगरानी गरिरहेको बताएको छ ।

गएको महिना पनि विश्वभरका कम्प्युटरमा ठूलो स्तरको साइबार आक्रमण भएको थियो । त्यही आक्रमणका बेला जुन कमजारीको फाइदा आक्रमणकारीले लिएका थिए अहिले पनि त्यही कमजारीको फाइदा उनीहरुले उठाएको विशेषज्ञले बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया