Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं  – बुधबार मतदान हुने १, ५ र ७ नम्बर प्रदेशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । विशेषगरी १ र ५ नम्बर प्रदेशमा पानी पर्ने क्रम बढीरहेको मौसमविद विभूति पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार १ नम्बर प्रदेशमा ताप्जेजुङ, संखुवासभा बाहेकका जिल्लामा ठूलो पानी परिरहेको छ । यस्तै ५ नम्बर प्रदेशमा बाँके, बर्दिया बाहेकका ठाउँमा पानी परिरहेको छ । ७ नम्बर प्रदेशमा भने डडेलधुरा, डोटी, अछाम लगायतका जिल्लामा पानी परिरहेको मौसमविद् पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले प्रदेश नम्बर १ र ५ मा पानी पर्ने क्रम बढीरहेको छ । ७ नम्बर प्रदेशमा भने केही घटिरहेको छ । यी प्रदेशमा बुधबार झरी पर्ने संभावना नभएपनि पानी पर्दै रोकिनेछ । दिउँसो मौसम एकैछिन खुलेजस्तो भएपनि फेरि पानी पर्ने भएकाले समय मै गएर मतदान गर्न उहाँले मतदातालाई आग्रह गर्नुभयो ।

यस्तै उहाँले मतपेटिका जोगाउन निर्वाचन आयोगलाई सुझाव पनि दिनुभयो । गएको जेठ २९ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन मंगलबार बेलुकादेखि देशैभरि फैलिएकाले बुधबार देशका धेरै ठाउँमा पानी पर्ने उहाँले जानकारी दिनुभयो ।

गएको २४ घण्टामा लुम्लेमा सबैभन्दा धेरै १५६ दशमलव ६ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया