सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

चितवन – चितवनमा भएको ‘मिस सि स्टार चितवन २०७४’ को उपाधि अनुस्का रानाभाटले हात पारेकी छिन् । २८ प्रतिस्पर्धिलाई पछि पार्दै अनुस्काले नगद बिस हजार सहितको उपाधि हात पारेकी हुन् ।
चितवनको क्षेत्रपाटीमा रहेको होटल सनसिटीमा भएको अन्तिम प्रतिस्पर्धामा अनुस्काले २८ प्रतियोगीबाट टप १२ र ५ हुँदै चितवन जिल्लाको ‘मिस सि स्टार २०७४’ बन्न पुगेकी हुन् । अनुस्कालाई मिस चितवन सुमन गुरुङले मिस एसईई स्टार चितवनको ताज पहिराईदिएकी थिइन् । यस प्रतियोगीता ‘लिभ एण्ड लिड इन्टरनेशनल प्रालिले आयोजना गरेको हो ।
प्रतियोगीतामा भुमिका आचार्य, सुजता ढकाल, करिना श्रेष्ठ र स्वेता अर्यालले क्रमशः फष्ट, सेकेन्ड, थर्ड र फार्थ रनरअपको उपाधी हात पारे । ‘मिस सि स्टार चितवन’ को बिजेतालाई मध्यनेपालको अक्सफोर्ड कलेजले ‘प्लस टु’ सम्मका लागि स्कलरसिपको ब्यवस्था गरेको छ ।
बिगत एकबर्ष देखि शिक्षाका लागि सँगसँगै भन्ने मुल नाराको साथमा बिभिन्न शिक्षा सम्बन्धि कार्यक्रम गर्दै आएको ‘लिभ एण्ड लिड इन्टरनेशनल प्रालिले यसै नारामै रहेर ‘मिस सि स्टार चितवन’पनि सम्पन्न गरेको हो ।

तपाईको प्रतिक्रिया