सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – विश्वको सर्वोच्च चुचुरो सगरमाथा (८ हजार ८४८ मिटर अग्लो)मा मानव पाइला पुगेको सोमबार ६४ वर्ष पुगेको छ।
न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले २९ मे १९५३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका थिए। त्यसपछि आरम्भ भएको आरोहण यात्राका दौरान अहिलेसम्म ५ हजारभन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार डिसेम्बर २०१४ सम्म ४ हजार ४ सय २८ जना आरोहीले सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन्।
त्यसयता सन् २०१५ मा सगरमाथा आरोहण हुन सकेन । सन् २०१६ को वसन्त ऋतुमा २ सय ८९ आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए भने सोही वर्ष विदेशी र स्वदेशी सहयोगीसहित ४ सयले आरोहण गरेको अनुमान छ । सन् २०१७ को वसन्त ऋतुमा ४२ टोलीका ३ सय ७५ आरोही मध्ये कतिले सगरमाथा आरोहण गरिसकेका छन् भने कतिपय आरोहणकै क्रममा छन् ।

तपाईको प्रतिक्रिया