Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो चरणको चुनावमा सोचे अनुसारको नतिजा नआए पनि विचलित हुनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा भएको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले तुलनात्मक रुपमा कमजोर संगठन, साधन श्रोतको कमि एवं पार्टीको वैचारिक निष्ठा र राजनैतिक अडानबारे सिर्जना गरिएका भ्रमका कारण पहिलो चरणको चुनावमा सोच अनुसारको सफलता पाउन नसकेको निष्कर्ष निकालेको छ ।

पहिलो चरणको चुनावको अनुभवबाट कमी कमजोरी सुधार्दै दोश्रो चरणको चुनावमा सहभागी हुन तथा उच्च मनोबलका साथ तयारीमा जुट्न बैठकले सवै कार्यकर्ता आह्वान समेत गरेको छ ।  यस्तै, दोश्रो चरणको चुनावमा पार्टीलाई सफल बनाउन अब चुनाव हुने जिल्लामा जेठ २१ गतेभित्र जिल्ला स्तरीय कार्यकर्ता भेला गर्ने तथा सबै केन्द्रिय सदस्यलाई चुनाव नसकिएसम्म अनिवार्य क्रियाशील हुन निर्देशन समेत दिएको छ ।

राप्रपाले निर्वाचन आचारसंहिता कार्यान्वयन भइरहेको अवस्थामा दीर्घकालीन योजना र कार्यक्रम सहितको पूर्ण बजेट ल्याउन उपयुक्त नहुने भन्दै सरकारसँग साधारण बजेटमात्र पेश गर्न मागसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया