Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रले पहिलो चरणको चुनावमा पार्टीले सोचे अनुसारको सफलता पाएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको केन्द्रिय कार्यालयको बैठकले चुनावको नतिजा अपेक्षा अनुसार नै भएको समीक्षा गरेको हो ।

पार्टी एकता भए पनि संगठन व्यवस्थित बन्न नसकेको र अस्त व्यस्तताका बीच चुनावमा होमिनु परेकाले यस्तै नतिजाको अनुमान गरिएको माओवादी केन्द्रको भनाई छ । पहिलो चरणको चुनाव भएका २ सय ८३ स्थानीय तहमध्ये ४६ वटा स्थानीय तहमा प्रमुख जितेको माओवादी केन्द्र ५० भन्दा बढी तहमा ५ सयभन्दा कम मतान्तरले पराजित भएको थियो ।यो चुनावमा पाएको मत ती ठाउँहरु आगामी प्रदेश र संघको चुनावमा पार्टीले जित्ने आधार भएको निष्कर्ष बैठकले निकालेको छ ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले सिंहदरबारमा केन्द्रित अधिकारलाई नागरिकको घर आँगनमा लैजानु र स्थानीय तहलाई बलियो बनाउन चुनाव सम्पन्न गर्नु नै माओवादीको जित भएको बताउनुभयो । बैठकले पहिलो चरणको चुनावमा भएका कमजोरीको समिक्षा गर्दै दोस्रो चरणको चुनावका लागि आवश्यक रणनीति तय गर्ने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया