Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – पोखरा लेखनाथ महानगरपालिकामा देखिएको मतगणना विवाद समाधान भएको छ । विवादित स्वस्तिक छापको मुचुल्का देखाउने सहमति दलहरुबीच भएको हो । यो सहमतिसँगै दिउँसो एक बजेबाट मतगणना शुरु भएको छ ।

फर्जी भनिएको मतपत्रमा केही चाक्लो देखिने स्वस्तिक छापको मुचुल्का निर्वाचन कार्यालयले देखाउने सहमतिमा मतगणना शुरु गर्न कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी र नयाँशक्ति सहमत भएका हुन् । सहमतिअनुसार निर्वाचन कार्यालयले अब दलहरुलाई चाक्लो स्वस्तिक छापको सक्कलको मुचुल्का देखाउनुपर्नेछ । त्यस्तै, अन्य वडामा पनि त्यस्ता विवादित मतपत्र र स्वस्तिक छाप भए मुचुल्का देखाउनुपर्ने सहमति भएको छ ।

यसअघि चाक्लो स्वस्तिक छापले सूर्यमा प्यानल भोट हालेको र उक्त मत पत्रमा मतदान अधिकृतको २ वटा हस्ताक्षर भएको भेटिएपछि अन्य दलहरुले त्यसको विरोध गर्दै मतगणना बहिस्कार गरेका थिए । उनीहरुले विवादित स्वस्तिक छापको मुचुल्का देखाउनुपर्ने भन्दै मतगणना नै बहिस्कार गरेपछि मतगणना अबरुद्ध भएको थियो ।

विवाद समाधान भएसँगै अब मतगणना सहज रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया