Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

कास्की  – पोखरा लेखनाथ महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । निर्वाचन आयोगको निर्देशनमा जिल्ला निर्वाचन कार्यालयले आइतबार मतगणना अघि बढाउने प्रयास गरे पनि असफल भएपछि राजनीतिक दलबिच सहमति भएपछि मात्रै मतगणना हुने भएको हो ।

निर्वाचन आयोगको आदेश भन्दै निर्वाचन कार्यालयले मतगणना सुरु गर्ने प्रयास गरेको भए पनि एमाले बाहेक नपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम र नयाँशक्ती पार्टीहरुले आफ्नो दलको प्रतिनिधी मतगणना स्थलमा नपठाएपछि मतगणना सुरु हुन सकेको थिएन  ।

निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ मा केही चाक्लो स्वस्तिक छाप लागेको मतपत्र सदर भएको र दुई वटा हस्ताक्षर मतदान अधिकृतकै भएकाले स्वस्तिक छाप केही चाक्लो हुँदैमा मतगणना रोक्नुपर्ने कारण नदेखिएको भन्दै मतगणना गर्न निर्देशन दिएको थियो ।

राजनीतिक दलहरु बिच सहमतिको लागि सोमबार दिउँसो सर्वदलीय बैठक बस्दैछ । बैठकमा निर्वाचन आयोगबाट एकजना प्रतिनिधि पोखरा आउने बुझिएको छ ।

तपाईको प्रतिक्रिया