बैतडी – जेठ ३१ गते हुने स्थानीय तहको चुनावका लागि दार्चुलामा नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएको छ । २ नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको दार्चुलामा माओवादी केन्द्रले उम्मेदवार छनोट गरेको माओवादी केन्द्र दार्चुलाका संयोजक मानबहादुर धामीले जानकारी दिनुभयो ।
कुन स्थानीय तहमा को उम्मेदवार ?
शैल्यशिखर नगरपालिका
मेयर, मोहनदेव बिस्ट र उपमेयर, लक्ष्मी लुहार
महाकाली नगरपालिका
मेयर, खडकसिंह धामी र उपमेयर, निर्मला जोशी
अपिहिमाल गाउँपालिका
अध्यक्ष भगतसिंह ठेकरे र उपाध्यक्ष, दिलमाया लोत्थ्याल
मार्मा गाउँपालिका
अध्यक्ष, जमनसिंह धामी र उपाध्यक्ष, बाग्मती ठगुन्ना
नौगाड गाउँपालिका
अध्यक्ष, दलजितसिंह धामी र उपाध्यक्ष, गंगा कुमारी महतरा
लेकम गाउँपालिका
अध्यक्ष, रामदत्त जोशी र उपाध्यक्ष, हरीना जोशी
मालिकार्जुन गाउँपालिका
अध्यक्ष, कल्याणसिंह धामी र उपाध्यक्ष, लक्ष्मी बिक
दुहु गाउँपालिका
अध्यक्ष, करनसिंह कार्की र उपाध्यक्ष, भगवती बडाल
ब्यास गाउँपालिका
अध्यक्ष, उपेन्द्र कुवार र उपाध्यक्ष, चन्द्रा कुवर