Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – मतगणना भइरहेका काठमाडौं र भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमाले तथा ललितपुरमा कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् ।

काठमाडौं महानगरपालिका

एमाले, विद्यासुन्दर शाक्य २६ हजार ७ सय २७

कांग्रेस, राजुराज जोशी १८ हजार ६सय ६८

विवेकशिल नेपाल, रन्जु दर्शना १० हजार ५ सय ७६

साझा पार्टी, किशोर थापा ८ हजार ३७

माओवादी केन्द्र, सर्वोत्तम डंगोल २ हजार ९ सय ७१

ललितपुर महानगरपालिका 

कांग्रेस, चिरिबाबु महर्जनले १९ हजार ५ सय ८३

एमाले, हरिकृष्ण ब्यञ्जनकार १७ हजार ६ सय ४८

साझा पार्टी, रमेश महर्जन ११ हजार ९ सय ९

माअ‍ोवादी केन्द्र, दिनेश महर्जन ५ हजार १ सय १२

भरतपुर महानगरपालिका

एमाले, देवी ज्ञवली २० हजार ९ सय ८४

रेणु दाहालले १८ हजार ९ सय ८८

पोखरा लेखनाथ महानगरपालिका

पोखरा लेखनाथ महानगरपालिका आइतबारदेखि रोकिएको मतगणना अझैसम्म सुरु हुन सकेको छैन । वडानम्बर १७ को विवादपछि बसेको सर्वदलीय बैठकमा सहमति नभएपछि एमाले बाहेक अन्य दलहरुले मुख्य निर्वाचन अधिकृतलाई ज्ञापनपत्र बुझाउदै फेरि मतदान गर्न माग गरेका छन् ।

कांग्रेस, माओबादी केन्द्र, राप्रपा, नयाँ शक्ति, संघीय समाजवादी फोरम लगायतका दलले फेरि मतदान गर्न  भन्दै मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णलाई ज्ञापनपत्र बुझाएका हुन् । असन्तुष्ट दलहरुले एमाले कार्यकर्ताले विभिन्न पार्टीका पास भिरेर मतगणना स्थलमा बस्दै आएको र आफ्नो पार्टीका भनिएका प्रतिनिधि नक्कली भएको र आफूहरुलाई प्रवेशमा रोक लगाएको आरोप लगाएका छन् ।

तर विवाद समाधान नभएपनि निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएकाले निर्देशन अनुसारनै मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिनुभएको छ । उहाँले असन्तुष्ट दलका प्रतिनिधि सहभागि नभए पनि मतगणना नरोकिने स्पष्ट पार्नुभयो ।

 

तपाईको प्रतिक्रिया