बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि स्थानीय तहको संख्या थपघट र मतपत्र हेरफेर नहुने भएको छ ।

मधेसकेन्द्रित दलको मागअनुसार सरकारले स्थानीय तहको संख्या बढाउने तयारी गरे पनि अब स्थानीय तहको संख्या हेरफेर गर्दा जेठ ३१ मा निर्वाचन गर्न नसकिने भन्दै निर्वाचन आयोगले त्यसलाई अस्वीकार गरेको हो ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले दोस्रो चरणको निर्वाचनको तयारी अघि बढिसकेकाले अब संख्या थप्न र मतपत्र हेरफेर गर्न नसकिने बताउनुभयो । ‘दोस्रो चरणको निर्वाचनका लागि अब धेरै समय छैन, मतपत्र छपाइ, मतदाता परिचयपत्र छपाइको काम सम्पन्न भएर जिल्लामा पठाइसकेका छौं,’ आयुक्त दाहालले भन्नुभयो, ‘अब नयाँ स्थानीय तहको संख्या थपेर जेठ ३१ मा चुनाव सम्भव छैन ।’

तपाईको प्रतिक्रिया