बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – मधेस केन्द्रित दलहरुलाई दोस्रो चरण निर्वाचनमा सहभागी गराउन सरकारले स्थानीय तह बृद्धिको प्रस्ताव ल्याए पनि राष्ट्रिय जनता पार्टी नेपालसहितका मधेसी शक्तिले अस्वीकार गरेका छन् ।

आइतबार राति स्थानीय तह थपसम्बन्धी मन्त्रीस्तरीय तीन सदस्य र कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी लगायत दलका सांसदबीचको बैठकमा उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले तराईमा २० वटासम्म स्थानीय तह थप गर्न सकिने प्रस्ताव राख्नुभएको थियो ।

यद्यपि राजपासहित मधेसी शक्तिले गच्छदारको प्रस्ताव अपूरो र अवैज्ञानिक रहेको भन्दै अस्वीकार गरिदिएका थिए ।

तपाईको प्रतिक्रिया