मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडौं – प्रमुख राजनीतिक पार्टीहरु निर्वाचनमार्फत स्थानीय सरकार गठनको तयारीमा लागिरहेका बेलामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने देशका दुई सय स्थानमा आफूखुसी स्थानीय सरकार बनाएको पाइएको छ ।

चुनाव भएका स्थानहरुमा उनीहरुकै भाषामा स्थानीय जनसरकारका रुपमा जनपरिषद घोषणा गरिएको हो । अहिलेसम्म दुई सयवटा स्थानमा जनपरिषद घोषणा भएको सो पार्टीको उच्च स्रोतले जानकारी दिएको छ ।

जनपरिषदले स्थानीय निकायको भूमिका निर्वाह गर्ने नाम नभन्ने सर्तमा पार्टीका एक नेताले जानकारी दिए । जनपरिषदले जनताका स्थनीय काम, विकास र जनताका मामिलामा न्याय दिने काम गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया