Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

धादिङ – धादिङमा २० वटा वडाको मत परिणम सार्वजनिक भएको छ । सार्वजनिक भएका वडा मध्ये १२ वटामा एमालेका उम्मेद्वार विजयी भएका छन् भने आठ वटामा नेपाली कांग्रेसका उमेद्वार चार र माओवादी केन्द्रका उम्मेद्वार चार ठाउँमा विजयी भएका छन् ।

रुबिभ्यालि गाउँपालिका वडा नम्बर १ मा एमालेका मेन घले विजयी हुनुभएको छ । खनियाँबास गाउँपालिका १ मा कांग्रेसका बुद्वि तामाङ, नेत्रावती गाउँपालिका वडा नम्बर १ र २ मा माओवादी केन्द्रका चन्द्रबहादुर टल्ली र शिव थापा विजय हुनुभएको छ ।

ज्वालामुखी गाउँपालिका १ मा रामप्रसाद सिलवाल, सिद्धलेक गाउँपालिका १ र २ मा एमालेका चन्द्रबहादुर सिलवाल र कमलबहादु गुरुङ विजयी हुनुभएको छ । बेनिघाट रोराङ गाउँपालिका १ मा माओवादीका नन्दु तामाङ, २ मा एमालेका टंककुमार थापा विजयी हुनुभएको छ ।

यस्तै गजुरी गाउँपालिकाको वडा नम्बर १ र २ मा एमाले उम्मेद्वार रामकुमार पण्डित र चुडामणि कँडेल विजयी हुनुभएको छ । गल्छी गाउँपालिका १ मा एमालेका पूर्णप्रसाद खतिवडा, थाँक्रे गाउँपालिका १ मा कांग्रेसका इन्द्रबहादुर थापा, ३ नम्बरमा माओवादी केन्द्रका अनित घले, धुनिबेशी नगरपालिका १, २, ३ मा एमालेका चन्द्र लामा, बलराम कुँवर र प्रकाश विजयी हुनुभएको छ ।

अहिले ११ गाउँपालिका र २ नगरपालिकामा मतगणना भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दुई नगरपालिकामध्ये नीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार अगाडी हुनुहुन्छ भने धुनीबेसीमा एमालेका उम्मेद्वार अगाडी हुनुहुन्छ ।

मतपरिणम अनुसार ७ गाउँपालिकाको प्रमुखमा एमाले अगाडि रहेको छ । माओवादी केन्द्र र नेपाली कांग्रेस २÷२ स्थानमा अगाडी रहेको छ ।

तपाईको प्रतिक्रिया