Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

रामेछाप – रामेछापको मन्थली नगरपालिका वडा नम्बर २ र ३ वडामा भने नेपाली कांग्रसका उम्मेद्वार विजयी भएका छन् । २ नम्बर वडामा कांग्रेसका तरणिशंकर अधिकारीले ४८८ मत ल्याएका छन् भने ३ का वडा अध्यक्षमा विजय भएका केशव रोकाले ५६५ मल प्राप्त गरेका छन् ।

यस्तै वडा नम्बर १ को वडा अध्यक्षमा माओवादी केन्द्रका नारायणदास श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले ४६३ मत ल्याएर विजयी हुनुभएको हो । अन्य स्थानीय तहमा भने मतगणना जारी रहेको निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

उमाकुण्ड र दोरम्बाका गाउँपालिकाको मत परिणम थाहा हुन सकेका छैनन् । निर्वाचन अधिकृतलाई टेलिफोन गर्दा पनि सम्पर्क हुन नसकेपछि त्यहाँको मत परिणाम पनि थाहा पाउन नसकिएको हो ।

नगरपालिका र गाउँपालिकाको मत परिणम

मन्थली नगरपालिका (मेयर)

  • नेपाली कांग्रेस–विनोद कार्कीः १४५१
  • एमाले–रमेशकुमार बस्नेतः १३३१
  • माओवादी केन्द्र–तारानारायण श्रेष्ठः १३२८

मन्थली नगरपालिका (उपमेयर)

  • नेपाली कांग्रेस–गंगा अधिकारीः १६६२
  • एमाले–माया कार्कीः १२५१
  • माओवादी केन्द्र–रीता घिमिरेः १०२१

रामेछाप नगरपालिका (मेयर)

  • एमाले–रोशन पाख्रिनः ४७९
  • नेपाली कांग्रेस–नरबहादुर मगरः ३५८
  • माओवादी केन्द्र– २३८

रामेछाप नगरपालिका (उपमेयर)

  • एमाले–शान्ता पौडेलः ४७५
  • नेपाली कांग्रेस–सिर्जना खड्काः ३३८
  • माओवादी केन्द्र–इन्दिरा बख्रेलः २३६

लिखु गाउँपालिका (अध्यक्ष)

  • एमाले–गोविन्दवहादुर खड्काः २९३
  • नेपाली कांग्रेस–चन्द्रवहादुर राउतः २६०
  • माओवादी केन्द्र–ध्रुवकुमार कार्कीः १३२

लिखु गाउँपालिका (उपाध्यक्ष)

  • एमाले–दिपशिखा दाहालः ३०६
  • नेपाली कांग्रेस–कल्पना खड्काः २६०
  • माओवादी केन्द्र–वन्दना श्रेष्ठः १४३

सुनापती गाउँपालिका (अध्यक्ष)

  • नेपाली कांग्रेस–जितेन्द्रवहादुर मोक्तानः ३८६
  • माओवादी केन्द्र–धावा लामाः २१६
  • एमाले–प्रदीपकुमार योन्जनः १०८

सुनापती गाउँपालिका (उपाध्यक्ष)

  • नेपाली कांग्रेस–विनिता खडकाः ३८६
  • माओवादी केन्द्र–गीता विष्टः २१६
  • एमाले–पासागं डोल्मा लामाः ११२

 

गोकुलगंगा गाउँपालिका (अध्यक्ष)

  • एमाले–खडगवहादुर सुनुवारः १५४४
  • नेपाली कांग्रेस–नानीवावु वस्नेतः ८८२
  • माओवादी केन्द्र–प्रेमकुमार कार्कीः ५५७

गोकुलगंगा गाउँपालिका (उपाध्यक्ष)

  • एमाले–राधिका श्रेष्ठः ९९८
  • नेपाली कांग्रेस–तुलसा केसी (खडका) : ६८९
  • माओवादी केन्द्र–मञ्जु वस्नेत : ३१८

खाँडादेवी गाउँपालिका (अध्यक्ष)

  • माओवादी केन्द्र–शिवकुमार कार्कीः ३२१
  • नेपाली कांग्रेस–वेदराज लामाः २१५
  • एमाले–अध्यक्ष : प्रेमवहादुर तामाङ्गः १३९

खाँडादेवी गाउँपालिका (उपाध्यक्ष)

  • माओवादी केन्द्र–सुकमाया माझीः ३२३
  • नेपाली कांग्रेस–मिना कुमारी श्रेष्ठः २००
  • एमाले–मखमली श्रेष्ठः १५४

 

तपाईको प्रतिक्रिया