Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौ –बाग्लुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा कांग्रेसको उम्मेदवार विजयी भएका छन् । गाउँपालिका प्रमुखमा कांग्रेस उम्मेदवार जोकलाल बुढा दुई हजार २ सय २९ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँको प्रतिद्वन्द्वी माओवादी केन्द्रले १२ सय ६९ मत ल्याएको थियो । यस्तै उपप्रमुखमा पनि कांग्रेसकै मानसरी शेरचन २ हजार १ सय १५ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँको प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाले ८ सय १२ मत मात्र ल्याएको छ । जम्मा ६ वटा वडा रहेको उत्त गाउँपालिकामा वडा नम्बर १ र २ मा माओवादी विजयी भएको छ ।

वडा नम्बर ३, ५ र ६ मा कांग्रेस विजयी भएको छ । यस्तै एमाले वडा नम्बर ४ मा मात्र विजयी भएको छ ।

तपाईको प्रतिक्रिया