Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत आइतबार तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । आज २८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहेपनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय निकायमा मात्रै मतदान भएको हो ।

पहिलो चरणको निर्वाचनमा आयोगले ८० प्रतिशतसम्म मत खस्ने अपेक्षा गरेपनि अहिलेसम्म कति मत खस्यो भन्ने आइसकेको छैन । यसैवीच प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पहिलो चरणको स्थानीय निर्वाचन उत्सवका रुपमा सम्पन्न भएको प्रतिकृया दिनु भएको छ ।

उहाँले केही मतदान केन्द्रमा बाहेक निर्वाचन शान्तिपुर्ण र ऐतिहासिक पर्वका रुपमा सम्पन्न भएको भन्दै स्थानीय निर्वाचन सवैका लागि उत्सव बनेको बताउनुभयो । निर्वाचन आयोगले विहान ७ वजेबाट बेलुका ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो । आज ३ प्रदेशका ४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १ सय ८६ गाउपालिकामा प्रतिनिधि, नगरप्रमुख र वडाअध्यक्ष गरी २ सय ८३ र सोही संख्यामा उपप्रमुख वा उपाध्यक्ष चयनका लागि मतदान भएको हो ।

पहिलो चरणमा मतदान भएका स्थानमा ४९ लाख ५६ हजार नौ सय २५ मतदाता रहेका थिए भने उनीहरुले १३ हजार ५ सय ५६ जना जना प्रतिनिधि निर्वाचित गर्दैछन् ।

तपाईको प्रतिक्रिया