Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह ‘मादल’ नभएपछि रोकिएको चाँगुनारायण नगरपालिकाको नगरकोटस्थित साविक गाविस भवन मतदान केन्द्रको मतदान सुरु भएको छ ।  नेमकिपाको चिन्ह ‘मादल’ नभएपछि झण्डै आधा घण्टा मतदान रोकिएको थियो ।

मादल चिन्ह नभएको २२ वटा मत खसेपछि २३ औ नम्बरका मतदाताले मादल चिन्ह नपाएपछि भएको विवादले मतदान प्रक्रिया केहीबेर रोकिएको नेमकिपाका तर्फबाट चाँगुनारायण नगरपालिका–६ का अध्यक्ष उम्मेद्वार कुमार थिङले बताउनुभयो । नवलपरासी जिल्लाको लागि छापिएको मतपत्र भक्तपुर आएको र कर्मचारीले नहेरी मतपत्र मतदातालाई बाडेको पाइएको चागुँनारायण नगरपालिकाका नेमकिपाका तर्फबाट मेयरका उम्मेद्वार न्हुछेभक्त फोंजूले जानकारी दिनुभयो ।

केहीबेर तनाव भएर मतदान रोकिए पनि पछि भएको छलफलमा मादल चिन्ह नभएको मतको बारेमा मतगणनाका बेलामा छलफल गरी निर्णय लिने र तत्काल मतगणना जारी राख्ने दलहरु बिच सहमति भएपछि रोकिएको मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका निर्वाचन अधिकारी उमेश राईले जानकारी दिनुभयो ।

यता नेमकिपाका सचिव प्रेम सुवालले पार्टीकोतर्फबाट प्रेस विज्ञप्ती जारी गरि यस घटनाले मादल चिन्हमा छाप लगाउन चाहने यहाँका मतदाताको अधिकार हनन् भएको भन्दै घटनाको छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न निर्वाचन आयोग र नेपाल सरकारसँग माग गरेको छ ।

तपाईको प्रतिक्रिया