Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत ३४ जिल्लामा भइरहेको निर्वाचनमा करिब ६५ प्रतिशतभन्दा धेरै मत खसेको निर्वाचन आयोगले जनाएको छ। प्रदेश नम्बर ३, ४ र ६ का ३ सय ८१ स्थानीय तहमा भएको चुनावमा दिउँसो ३ बजेसम्म करिब ६५ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर–४ मेथिनकोट मतदान केन्द्रमा मात्रै निर्वाचन स्थगित जानकारी दिनुभयो। उहाँका अनुसार स्थगित भएको मेथिनकोटमा कहिले निर्वाचन गर्ने भन्नेबारे निर्वाचन आयोगले छिट्टै निर्णय गर्नेछ।

बेलुकी ५ बजेसम्म मतदानस्थलमा पुग्ने मतदाताले मत दिन पाउने छन् । दुईवटा स्थानीय तहमा भने सबै निर्विरोध निर्वाचित भइसकेको आयोगले यसअघि नै जनाएको छ ।

तपाईको प्रतिक्रिया