Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनका लागि सूर्यविनायक नगरपालिकाको बालकोटमा मध्यान्ह मतदान गर्नु भएको छ । ओली मतदानका लागि मध्यान्ह १२ बजे बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुग्नु भएको थियो ।

मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै ओलीले दोलखा लागयतका केही ठाउँमा सत्तापक्षले सुरक्षाकर्मीको आडमा बुथ कब्जा गरेकाले त्यसबारे कुराकानी भइरहेको बताउनु भएको छ । मतदानपछि उहाँले भन्नुभयो दोलखालगायत केही स्थानमा उनीहरुले बल प्रयोग गरेका छन्,छिटफुट घटना बाहेक मतदान शान्तिपूर्ण र उत्सापूर्ण ढंगले भइरहेको खबर हामीले पाएका छौं ।

ती बल प्रयोग र बुथ कब्जा गरिएका ठाउँको सन्दर्भमा हामीले निर्वाचन आयोगसँग कुराकानी गरिरहेका छौं ।  दोस्रो चरणको चुनावका सन्दर्भमा पत्रकारले राखेको जिज्ञासामा भने ओलीले केही बोल्न चाहनु भएन् ।

तपाईको प्रतिक्रिया