Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काभ्रे  –  काभ्रेको नमोबुद्ध नगरपालिका ४ मेथिनकोटमा गोली प्रहारबाट एक जनाको ज्यान गएपछि जनक बहुमुखी क्याम्पस मतदान स्थलमा मतदान रोकिएको छ ।

स्थानीयबासिन्दाले प्रहरीको गोली लागेर ज्यान गुमाएका नवराज पाठकलाई शहीद घोषणा गर्नु पर्ने, मृतकका परिवारलाई राहत दिनुपर्ने, शिक्षा, रोजगारीको व्यवस्था गर्नु पर्ने माग राखेका छन् ।

स्थानीयबासिन्दाका माग पुरा गर्ने र मतदान सुरु गर्ने बारेमा प्रमुख जिल्ला अधिकारी शिव सिंखडा, मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेल, सेनाका तर्फबाट विष्णुदल गणका गणपति रामहरी केसी, प्रहरीका डिएसपी नवीन राई, सशस्त्र प्रहरीका एसपी श्यामकाजी र स्थानीय प्रतिनिधिबिच वार्ता भए पनि वार्तामा कुनै सहमति नभएपछि मतदान अनिश्चितकालका लागि स्थगित भएको हो ।

पाठकलाई चुनाव सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीले गोली हानेको गाउँलेले आरोप लगाएका छन् । २ मतदान केन्द्र रहेको यो मतदान स्थलका लागि १३ सय ७२ मतदाता छन् ।

तपाईको प्रतिक्रिया