Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौँ –  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आ–आफनो मतदान केन्द्रमा गई अमूल्य मतदान गर्ने कार्यमा सक्रिय सहभागी हुन आममतदातालाई आह्वान गर्नुभएको छ ।

स्थानीय तहको पहिलो चरणको आज हुने निर्वाचनका सन्दर्भमा दिनुभएको शुभकामना सन्देशमा उहाँले मतदाताको उत्साहपूर्ण सहभागिता र सक्रिय सहयोगका लागि अपिल गर्नुभएको छ ।

प्रमुख आयुक्त डा यादवले भन्नुभएको छ – “सार्वभौमसत्ता सम्पन्न जनताले संविधानसभामार्फत बनाएको नेपालको संविधानले व्यवस्था गरेको सङ्घ, प्रदेश र स्थानीय सरकारको व्यवस्था गरेअनुरुप स्थानीय सरकार निर्माण गर्न स्थानीय तहको पहिलो चरणको निर्वाचन हुन लागेको हो ।

मतदानमा सबैको सक्रिय सहभागितामार्फत जनमत अभिव्यक्त भई स्थानीयस्तरदेखि नै लोकतन्त्रको वास्तविक अभ्यास र सुदृढीकरण हुने अहम महत्वको ऐतिहासिक निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई उहाँले अनुरोध पनि गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया