Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – झण्डै २० पर्छपछि हुन लागेको स्थानीय चुनावबाट आफ्नो जनप्रतिनिधि चयन गर्न मतदाता उत्साहपूर्ण रुपमा मतदानमा सहभागी हुँदैछन् । आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुने भएपनि बिहानैदेखि बाटो र चोकचोकमा चहलपहल सुरु भइसकेको छ ।

मतदान गर्न जाँदा केही कुरामा विशेष ध्यान दिनुपर्छ । आइतबार गाडी नचल्ने भएकाले बेलैमा घरबाट निस्कनुहोस् । लाइनमा धेरैबेर समेत उभिनुपर्ने भएकाले पानी र केही खानेकुरा साथमा राख्नुहोस् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नम्बर ३ का केही ठाउँमा र प्रदेश नम्बर ४ र ६ का एक दुई ठाउँमा बेलुकीपख मेघ गर्जन सहित पानी पर्ने सम्भावना छ । त्यसैले सकेसम्म दिउँसो सम्ममा भोट दिइसक्नुहोस् । साथमा छाता राख्न नछुटाउनुहोस् ।

मतदाता परिचयपत्र साथमै राख्नुहोस् । मतदाता परिचयपत्र छैन भने नागरिकता, पासपोर्ट, लाइसेन्स, जग्गाधनी प्रमाणपत्र या अरु कुनै फोटो भएको सरकारी परिचयपत्र बोक्नुहोस् ।

मतदान केन्द्रमा तीनवटा प्रवेशद्वार बनाइएको हुन्छ । एउटामा गर्भवती, सुत्केरी, अपांगता भएका, ज्येष्ठ नागरिक, अशक्त बिरामी, किरियामा बसेका मतदातालाई छुट्याइएको हुन्छ । उनीहरुलाई विशेष प्राथमिकता दिनुपर्छ । यस्तै पुरुष र महिला मतदाताको लागि छुट्टै लाइनको व्यवस्था हुन्छ ।

सकेसम्म मोबाइल नबोक्नुहोस् । बोक्नुभएको छ भने लाइनमा उभिंदा स्वीच अफ गर्नुहोस् । याद गर्नुहोस्, मोबाइलबाट सेल्फी र क्यामराबाट फोटो खिच्न पाईंदैन । सेल्फी खिच्न खोज्नुभयो भने कार्वाहीमा पर्न सक्नुहुन्छ ।

आफ्नो पालो आएपछि निर्वाचन अधिकृतको छाप भएको मत्रपत्र लिएर बदर नहुनेगरी सही तरीकाले स्वस्तिक छाप लगाउनुहोस् र राम्रोसँग पट्टयाएर मतपेटिकामा खसाल्नुहोस् । याद गर्नुहोस्, मतदान गरिसकेपछि मतपत्र देखाउनुभयो भने तपाईं कार्वाहीमा पर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया