Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार हुने स्थानीय तहको निर्वाचन सफल बनाउन सवै मतदातालार्इ आह्वान गर्नुभएको छ। शनिबार आम मतदाताको नाममा सन्देश जारी गरी राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचनलाई शान्तिपूर्ण ढंगले सफल बनाउन आह्वान गर्नुभएको हो।

‘देश नयाँ संरचनामा गएको परिप्रेक्ष्यमा यो निर्वाचन नेपालको संविधानले २०७४ माघ ७ गते भित्र सम्पन्न हुनुपर्ने भनि अंगिकार गरेको तीन तहको निर्वाचनको पहिलो खुट्‌किलो भएकोले यसको आफ्नै महत्व रहेको छ। निर्वाचनले स्थानीय तहलाई अधिकार सम्पन्न गराइ स्थायित्व र आर्थिक सम्बृद्धिको ढोका खोल्ने छ भन्ने मलार्इ विश्वास छ,’ राष्ट्रपति भण्डारीले सन्देशमा भन्नुभएको छ।

उहाँले लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा उत्साह र उमंगका साथ सहभागी भएर संविधान प्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई आह्वान गर्नुभएको छ।***

तपाईको प्रतिक्रिया