Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको निष्पक्षताको प्रत्याभूति गर्न सरकारसँग आग्रह गर्नु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित विशेष पत्रकार सम्मेलन आयोजनामा बोल्दै अध्यक्ष ओलीले निर्वाचन आयोगले पनि मूकदर्शक नभई संवैधानिक अधिकार प्रयोग गनुपर्नेमा जोड दिनुभयो ।

सरकारले आचार संहिता उल्लंघन गरेर धाँधलीलाई प्रश्रय दिइरहेको भन्दै ओलीले निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभयो । सरकारले आचारसंहिता विपरित रकामान्तर गरेको भन्दै उहाँले पीडितलाई पैसा वितरण गरेकोमा प्रश्न उठाउनुभयो । ‘काँग्रेस र माओवादी देशलाई कता लैजान चाहन्छन् ? यसरी हुनछ स्वतन्त्र निर्वाचन ? यसरी हुन्छ, जनताको सावैधौम सत्ता ? समाजमा आतंक मच्चाउने ? यही हो उहाँहरुको प्रजातान्त्रिक संस्कार र प्रजातन्त्रका लागि गरेको योगदान ?, ओलीले प्रश्न गर्नुभयो ।

भोट माग्न नपाइने मौन समयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले भन्नुभयो ‘म निर्वाचन आयोगलाई आग्रह गर्न चाहन्छु तपाईहरु निर्वाचन आयोगले आफ्नो संवैधानिक अधिकारमा निर्णायक हुनोस् ।

तपाईको प्रतिक्रिया