Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं –  भोलि हुने स्थानीय तह निर्वाचनमा झण्डै ६८ हजार सुरक्षाकर्मीले सुरक्षा दिने भएका छन् । गृह मन्त्रालयले आज पत्रकार सम्मेलन गरी निर्वाचनका लागि सम्पूर्ण सुरक्षा प्रवन्ध गरिएको जनाकारी दिएको छ । निर्वाचनमा नेपाली सेनालाई ब्याकअपका रुपमा खटाइने भएको छ ।

सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाई सकिएको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले बताउनु भएको छ । उहाँले भोलिको मतदानमा ढुक्क भएर आफ्नो मत प्रयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो ।  उहाँका अनुसार चुनावका लागि ६७ हजार ९१६ सुरक्षाकर्मी परिचालन गरिएको छ । २२ हजार ५७५ नेपाल प्रहरी, १७ हजार ३५६ सशस्त्र प्रहरी परिचालन गरिएको गृहमन्त्री निधिले बताउनुभयो । साथै ३८३ राष्ट्रिय अनुसन्धान विभाग र २२ हजार ६०२ म्यादी प्रहरी परिचालन गरिएको छ ।

थप ५ हजार जनशक्ति पनि परिचालन गरिएको गृहमन्त्री निधीले जानकारी दिनुभयो । उहाँले पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहने भन्दै हवाई गस्ती र पैदल गस्ती पनि गरिने बताउनुभयो ।  मतदान स्थलहरुलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरेर छुट्याएको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया