Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – नेपाली काँग्रेसका नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले फेसबुकमार्फत लाइभ गर्दै आज भएको कपन घटनाबारे आफूले आचार संहिता उल्लंघन नगरेको बताएका छन् ।

मन्त्री थापाले कपनबाट लखेटियो भन्ने प्रचार सरासर गलत र निराधार भएको बताएका छन् । उक्त घटनाकै कारण उत्तेजनामा नआउन आफ्ना पार्टीका कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

स्वास्थ्यमन्त्री थापाले मामाघर गएर फर्किने क्रममा पार्टीका स्थानीय कार्यकर्तासंग छलफल गरेको तर मतदातासँग मत नमागेको स्पष्ट पारेका छन् ।

छलफलबाट बाहिर निस्कनासाथ एमालेका नेता, कार्यकर्ताले आफ्नो गाडीलाई घेर्दै नाराबाजी गरेकाले वादविवाद गर्दा अप्रिय स्थिति होला भन्ने लागेर आफू त्यहाँबाट हिँडेको तर, त्यसक्रममा मोटरसाइकलले पछ्याउनेदेखि गाडीमा ढुंगा हान्ने काम समेत भएको उनले बताए ।
यसैलाई कमजोरी ठानेर कपनबाट लखेटियो भन्ने प्रचार गरिएकोमा थापाले घोर आपत्ति जनाएका छन् ।

नेता थापाले चेतावनी दिदैं भने, ‘अत्यधिक बहुमतले बिजय भएको मेरो निर्वाचन क्षेत्र अर्थात मेरो ठाउँबाट कसैले लखेटेर लखेटिने त्यति कमजोर हैसियत मेरो छैन ।’
उनले भने, ‘यदि मैले अप्रिय घटना नहोस् भन्ने कुरा बिर्सेको भए कतिपयले ऐया पनि भन्न पाउने थिएनन् ।’
मन्त्री थापाले निर्वाचन आचार संहिताले हिँडडुल गर्न, आफन्तसंग भेटघाट गर्न र पार्टीका नेता कार्यकर्तासँग बन्द कोठामा छलफल गर्न नरोकेको बताए । आचार संहिता उल्लंघन भयो भन्ने लागेमा निर्वाचन आयोगमा उजुरी दिन पनि उनले चुनौती दिए ।

उनले कपन घटनामा भएको दुर्ब्यवहारको हिसाब किताब जनताले चुनावमा गर्ने बताए । ***

तपाईको प्रतिक्रिया