Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – गृहसचिव लोकदर्शन रेग्मीले सरकारले सुरक्षाको उपयुक्त र पर्याप्त व्यवस्था मिलाएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी हुन आम मतदातालाई आग्रह गर्नुभएको छ । अाज रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै गृहसचिव रेग्मीले राजनीतिक दलका क्रियाकलाप, मतदाता, उम्मेदवार, मतदान केन्द्र र मतदान स्थलको भिन्ना भिन्नै रुपमा सुरक्षाको प्रबन्ध मिलाईएको भन्ँदै ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको हो ।

निर्वाचन सफल बनाउन चार वटै सुरक्षा निकाय, निजामति सेवामा रहेकाहरु एकता र एक ढिक्का रुपमा परिचालित भएको उल्लेख गर्दै उहाँले निर्वाचन विथोल्ने क्रियाकलापमा संलग्न कसैलाई नछाड्ने चेतावनी दिनुभयो । आवश्यकता अनुसार तत्काल परिचालन गर्न सकियोस भनेर २९ हजार सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको उल्लेख गर्दै उहाले निर्वाचन विथोल्ने सोचमा रहेको भए पनि तत्काल मानसिकतालाई परिर्वतन गरी राष्ट्रिय महाउत्सवको रुपमा रहेको निर्वाचनमा सरिक भई मतदान गर्न आव्हान गर्नुभयो ।

पहिलो चरण अन्र्तगत भोलि अर्थात् बैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ मा मतदान हुदैछ ।

तपाईको प्रतिक्रिया