Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको ऐतिहासिक चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्न सबै मतदातालाई अपिल गर्नु भएको छ ।

पहिलो चरणको स्थानीय चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री दाहालले आज ९ बुँढे अपिल जारी गर्दै स्थानीय चुनावलाई ऐतिहासिक अवसर र यो चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा र्पुयाउने कडीको रुपमा रहेको भन्नु भएको छ । शान्ति सुरक्षाको दृष्टिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले दरिलो र भरपर्दो सुरक्षा प्रबन्ध मिलाएको भन्दै प्रधानमन्त्री दाहालले भय र संकोच विना निर्धक्क भई आफुले चाहेका उम्मेदवारहरुलाई मत खसाली ऐतिहासिक अवसरको सदुपयोग गर्न सबै मतदातालाई अनुरोध समेत गर्नु भएको छ ।

समावेशिताको दृष्टकोणले पनि यो चुनाव ऐतिहासिक रहेको भन्दै उहाँले शदियौंदेखि चुलो चौकामा सीमित नेपाली महिलाहरुको सशक्तीकरण र नेतृत्व निर्माणका दिशामा ऐतिहासिक कोशेढुंगा हुने बताउनु भएको छ ।

पढ्नुहोस् प्रधानमन्त्री दाहालको अपिल – 

तपाईको प्रतिक्रिया