Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं  – स्थानीय तहको चुनाव अन्तर्गत पहिलो चरणमा भोलि तीन प्रदेशका ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा मतदान हुँदैछ । निर्वाचन आयोगले पहिलो चरणको चुनावका लागि तयारी पूरा भएको जनाएको छ ।

तर मतदातामा अझै पनि भोट कसरी हाल्ने भन्नेमा अन्यौल कायमै छ । मतदाता शिक्षा कार्यक्रम चलिरहेको भएपनि धेरै मतदाता अझै स्पष्ट हुन सकेका छैनन् । आइतबार बिहान सात बजेदेखि बेलुका पाँच बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।

मत दिँदा मतदाताले के-के गर्नु हुँदैन त ?

  • मतदानपछि मतपत्र अरुलाई देखानु हुँदैन । यसरी देखाएमा मतदान अधिकृतले तत्कालै त्यस्ता मतदातालाई १५ हजार रुपैयाँसम्म जरिवाना तिराउन सक्ने व्यवस्था छ ।
  • झुक्एिर पनि मतपत्र मतदान स्थलबाट बाहिर लैजानु हुँदैन । यस्तो गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ ।
  • एक मतदाताले एकपटक मात्रै मतदान गर्न पाउँछन् । अर्थात एक पटक मतदान केन्द्रमा गएर एक मतपत्रमा आफूले रोजेका सात उम्मेद्वारलाई मत दिनुपर्छ । एक पटक भन्दा बढी मतदान गरेमा पनि २५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ ।
  • निर्वाचन सामग्री खोसे वा जफत गर्न खोजेमा एक लाख रुपैयाँ जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय हुन सक्छ ।
  • मतदान स्थलमा हुलहज्जत वा दंगा गरेमा ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ ।
  • निर्वाचन सामग्री लुटे वा कब्जा गरेमा एक लाख रुपैयाँ जरिवाना वा दुई वर्ष कैद वा दुवै सजाय हुन सक्छ ।
  • विस्फोटक पदार्थ तथा हतियार, लाठी, बन्दुक बोक्नु हुँदैन । यस्तो गरेमा दुई लाख रुपैयाँ जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुन सक्छ ।
  • मतदान केन्द्रमा मोवाइल लैजान पाईंदैन ।
  • मतसंकेत गरेको तस्बिर खिच्न वा सार्वजनिक गर्न पनि पाईंदैन ।
  • मतपत्र लिएर मतदान गर्न नचाहेमा मतदाताले त्यो मतपत्र मतदान अधिकृतलाई फिर्ता गर्नुपर्छ ।
तपाईको प्रतिक्रिया