Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – स्थानीय तहको निर्वाचनका लागि मतदान सुरु हुनुभन्दा दुई दिनअघि निर्वाचन आचारसंहिता उल्लंघन गर्दै भक्तपुरको गुण्डुमा सडक पिच गरिएको छ। सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा पूर्वउद्योग मन्त्री महेश बस्नेतको रोहवरमा सडक पिच गर्ने काम भएको हो।

स्थानीयका अनुसार निर्वाचनको मुखमा नै पूर्वगाविस अध्ययक्ष समेत रहेका बस्नेतले एमालेको प्रभाव देखाउन पिच गरिएको भन्दै आचारसंहिता उल्लंघन भएको बताएका छन्। लामो समयसम्म पिच हुन नसकेको सडक निर्वाचनको मुखमा आएर पिच गर्नु आचारसंहिता उल्लघन नै भएको उनीहरुको ठहर छ।

निर्वाचन आचारसहिंताको परिच्छेद ३ को १ मा, ‘नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय तहले वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका बाहेक नयाँ नीति, योजना तथा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न, सञ्चालन गर्न र सो प्रयोजनका लागि जनशक्ति तथा स्रोत साधनको परिचालन गर्न वा गराउन नपाइने उल्लेख छ।’ गुण्डुमा भने निर्वाचनको २ दिन अगाडि प्रहरी प्रशासन र महेश बस्नेतको प्रत्यक्ष सहभागितामा पिच भइरहेको छ।

बस्नेतले भने नेपाल सरकारको बजेट खर्च भएकाले आचारसंहिता नलाग्ने जिकिर गर्नु भएको छ । गुण्डुको सो सडक स्तरउरोन्नति गर्नका लागि बस्नेत उद्योग मन्त्री भएको समयमा निर्णय भएको भिआइपी सडकअन्तरगत पर्दछ।

तपाईको प्रतिक्रिया