Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – सरकारले वान बेल्ट वान रोड (ओबीओआर)को अवधारणामा हस्ताक्षर गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले ओबीओआरको अवधारणामायस्तो निर्णय गरेको हो ।

बैठकले चीन सरकारले अघि सारेको उक्त अवधारणामा सहमति जनाउँदै हस्ताक्षर समेत गर्ने निर्णय गरेको हो । यसअघि लामो समयदेखि चीनीयाँ सरकारले वान वेल्ट वान रोडको अवधारणामा हस्ताक्षर गर्न आग्रह गर्दा समेत नेपाल सरकारले निर्णय लिन सकेको थिएन । मन्त्रिपरिषदको आजको बैठकले उत्त निर्णय गरेको हो ।

यस्तै मन्त्रिपरिषदको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको थाइल्याण्ड र श्रीलंका भ्रमणको स्वीकृत दिएको छ । राष्ट्रपति भण्डारी थाइल्याण्ड हुँदै २९ गते श्रीलंका जाने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया