Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले आज १२६ किलो लागु पदार्थ चरेस बरामद गरेको छ । बिहान १० बजे नारायणगढको लायन्सचोकबाट ना ४ ख ७६३० नम्बरको ट्रकबाट सो चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो ।

ट्रकको पछाडि ढालामा थोत्रा बोरामा राखेर धादिङको आदमघाटबाट लोड गरी काठमाडौँ पुगेर पुनः फर्किएर चितवन आउने क्रममा नारायणगढमा ट्रक नियन्त्रणमा लिइएको थापाले बताउनुभयो । ट्रक चालक वीरगञ्जका मजार मुसुर र ट्रकमै यात्रा गरेका अजयकुमार रायलाई पनि प्रहरीले पक्राउ गरेको छ । ट्रक चालकले रु ५० हजार भाडा पाउने भएपछि सामान ढुवानी गरेको बताएको उपरीक्षक थापाले बताउनुभयो ।

पाँच सय ग्रामका २५३ वटा प्याकेट रहेको उहाँले जानकारी दिनुभयो । यसअघि चितवन प्रहरीले एक सय किलो चरेस नियन्त्रणमा लिएको थियो । सो चरेससमेत धादिङबाटै ल्याउने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया