Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – साढे चार लाख घुस सहित अख्तियारको टोलीले रसुवामा दुई जनालाई रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौकुण्ड गाँउपालिकाको वडा १ र २ का वडा सचिव राजेन्द्र प्रसाद आचार्य र सोही वडाका कार्यालय सहायक लाक्पा तामाङ रहेका छन् ।

चाइना पासका लागि चार लाख ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनीहरुलाई अाज  बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले रङगेहात पक्राउ गरेको हो । चाइना पास वनाइदिने भन्दै वाहिरी जिल्लाका प्रत्येक व्यक्तिसँग ५० हजार लिइरहेको विशेष सुराकीको आधारमा अख्तियारबाट खटिएको टोलिले गोसाइकुण्ड गाँउपालिका– ६ को वडा कार्यालयबाट वडा सचिव र कार्यालय सहायकलाई अख्तियारले पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि बुधबार नै आयोगको केन्द्रिय कार्यालयमा लगिएको छ ।

तपाईको प्रतिक्रिया