Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – नेपाल टेलिकमले यही वैशाख १ गतेदेखि नेपाल सरकारबाट सञ्चालित ‘.gov.np.’ डोमिनका करिब पाँच सय ५० वेबसाइट टेलिकमका जिएसएम मोबाइल सेवाबाट निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था मिलाएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल सरकारका वेबसाइट जिएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्र रुपमा ब्राउज गर्न सकिने जानकारी दिनुभयो । कम्पनीले आफ्ना सेवालाई ग्राहकमैत्री र प्रविधिमैत्री बनाउँदै लगेको उल्लेख गर्दै प्रमुख पर्यटकीयस्थल मुगुको रारा ताल क्षेत्रमा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त क्षेत्रमा सेवा प्रदान गरिएसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई सूचना तथा सञ्चार क्षेत्रमा पहुँच बढ्ने र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ । कम्पनीले यही वैशाखदेखि आफ्नो कार्यालय समयमा ‘फेसबुक’ चलाउन नपाइने व्यवस्था गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।

उहाँले आगामी आवमा चौथो पुस्ताको इन्टरनेट सेवालाई विस्तार गरिने, पुराना प्रणालीलाई नयाँमा स्थानान्तरण गरिनेजस्ता कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने बताउनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया