मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं  – विश्व औलो दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरी मनाईंदैछ । औलो रोग लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ, यो रोग आँखाले नदेखिने सुक्ष्म परजीविको कारण लाग्ने गर्छ ।

चिकित्सकहरुका अनुसार औलो रोगीलाई टोकेको लामखुट्टेले स्वस्थ मान्छेलाई टोक्दा औलोको परजिवी फैलिने गर्छ । जाडो हुने, कम्पन भएर ज्वरो आउनु र केही समयपछि पसिना आएर ज्वरो घट्नु, थाकेको महसुस हुनु औलोका लक्षण हुन् ।

औलोले महामारीको रुप लिन सक्ने र छिटो फैलिएर धेरैजनाको ज्यान जान सक्ने भएकाले औलोको शंका लाग्ने बित्तिकै रगत परीक्षण गराउन डाक्टरले सुझाव दिएका छन् ।

सरकारले नेपाललाई सन् २०२६ सम्म औलोमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेको छ, जसअन्तर्गत सन् २००७ देखि औलो विरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया