Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – सरकारले फास्ट ट्र्याकबाट संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएपछि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले चुनावको आन्तरिक तयारी थालेका छन् ।

प्रधानमन्त्री, गृहमन्त्री र निर्वाचन आयोगका पदाधिकारीसँग यी दुई दलले सोमबार बिहान गरेको छलफल सकारात्मक भएको छ। छलफलपछि आयोगले मोर्चाको मागअनुसार उम्मेदवारी मनोनयन दर्ता गर्ने समय ३ दिन थपेको छ। यसअघि १६ गतेका लागि तोकिएकोमा सारेर १९ गते पुर्‍याइएको छ।

छलफलमा राजपाले छाता चुनाव चिह्न दिन गरेको आग्रह निर्वाचन आयोगले मतपत्र छापिइसकेको कारण देखाउँदै अस्वीकार गर्‍यो। यसको विकल्पमा राजपाका नाममा एकीकरण हुनुअघिका ६ दलमध्ये कुनै एकको चुनाव चिह्न प्रयोग गर्न आयोगले सुझायो।

प्रचारप्रसार भने राजपाकै नामबाट गर्न सकिने आयोगका पदाधिकारीहरुले बताए। ‘हामीले छाता चुनाव चिह्न माग गर्‍यौँ त आयोगका पदाधिकारीले राजपामा आबद्ध ६ दलमध्ये कुनै एकको चुनाव चिह्न प्रयोग गर्न र राजपाको नामबाट जनतामा जान सकिने सुझाव दिनुभयो,’ राजपाका नेता केशव झाले भन्नुभयो ।

उम्मेदवार मनोनयनका लागि पार्टीका तर्फबाट दिइने टिकटमा आधिकारिक हस्ताक्षर राजपामा आबद्ध ६ दलमध्ये कुनै एक दलको नामबाट अध्यक्ष मण्डलका सबै ६ सदस्यले गर्न सक्ने सुझाव आयोगले दियो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चालाई चुनावमा ल्याउन आयोगका तर्फबाट आवश्यक बातावरण बनाइदिन आग्रह गर्नुभएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया