Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – भारतले नेपाललाई दिएको कडा दबाबका कारण नेपाल र चीनबीच जारी संयुक्त सैन्य अभ्यास सानो आकारमा खुच्याउन बाध्य हुनुपरेको चीनले जनाएको छ ।


चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा हालै प्रकाशित लेखमा नेपाल र चीनबीच सुरुमा बटालियन तहमा संयुक्त सैन्य अभ्यास गर्ने योजना रहेपनि भारतले नेपाललाई दिएको दबाबका कारण सानो आकारमा अभ्यास गर्नुपरेको जनाइएको छ ।

नेपाली सेनाले सानो आकारको चीनसँग संयुक्त सैन्य तालिम भइरहेको जनाउँदै उक्त अभ्यासमा कति जना चिनियाँ र नेपाली सैनिक सहभागी छन् समेत खुलाउन नचाहेका बेला चिनियाँ प्रतिक्रिया आएको हो ।

भारतले नेपाललाई दिएको दबाबकै कारण संयुक्त सैन्य अभ्यास नेपाली सेनाको प्यारा तालिम केन्द्र काठमाडौंमा आयोजना गर्नुपर्ने अवस्था आएको उक्त लेखमा उल्लेख छ ।

यति सानो खालको सैन्य अभ्यासलाई पनि भारतीय सुरक्षा रणनीतिका विश्लेषक र मिडियाले अनावश्यक चासो दिएको लेखमा उल्लेख छ ।

मित्रवत् छिमेकीका नाताले नेपालसँग सैन्य अभ्यास गर्नु चीनका लागि सामान्य घटना हो’ लेखमा भनिएको छ ‘यस खालका सैन्य अभ्यास विश्वमा धेरै देशबीच हुने गर्छन् ।

जस्तो कि भारत र चीनबीच पनि यसखालको सैन्य अभ्यास हुने गरेका छन् ।’दक्षिण एसिया आतंकवादबाट ग्रस्त क्षेत्र रहेकाले पनि यस खालका अभ्यास क्षेत्रीय स्थिरताका लागि महत्वपूर्ण रहेको चिनियाँ बुझाई छ ।

नेपाल र चीनबीच हालैका दिनमा निकट आर्थिक सम्बन्ध रहेको र नेपालले चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणामा सहभागी हुन चाहेको र त्यसका लागि क्षेत्रीय स्थिरता आवश्यक रहेको सन्दर्भमा यो सैन्य अभ्यास भएको लेखमा उल्लेख छ ।

नेपालमा दुई बर्षअघि गएको विनाशकारी भूकम्पमा व्यापक क्षति व्यहोरेको र त्यसपछिको राहत वितरणमा चीनको सहयोगले गहिरो छाप छाडेको सन्दर्भ उल्लेख छ ।नेपाल भूकम्पबाट उच्च जोखिममा रहेको तथा अन्य खालका दैवी प्रकोप भइरहने अवस्था रहेको लेखमा उल्लेख छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया