आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडौं – चर्को आलोचनापछि सरकारले शुक्रबारको सार्वजनिक विदा फिर्ता लिएको छ ।

सरकारले आइतबार राष्ट्रपति विद्या भण्डारी पहिलो विदेश भ्रमणमा जाँदा र फर्किदा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । राष्ट्रपति भण्डारी सोमबार भारतको भ्रमणमा गएकी छिन् र आज सोमबार विदा दिइएको छ ।

तर, शुक्रबारको विदा भने फिर्ता भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति फर्किने दिन शुक्रबारको दिने भनिएको विदा फिर्ता लिइएको हो ।

तपाईको प्रतिक्रिया