आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

टोकियो – नेपाली नयाँ वर्ष २०७४ को अवसरमा नेपाली जनसम्पर्क समिति जापानले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

गत शनिबार अर्थात बैशाख २ गतेका दिन एक समारोहको आयोजना गरी नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको हो ।

सो अवसरमा जापानमा क्रियाशील दर्जनभन्दा बढि संघसंस्थाका अगुवाहरुले नयाँ बर्षको शुभकामना ब्यक्त गरेका थिए ।

जनसम्पर्क समितिका कार्यबाहक सभापती पुष्करजंग थापाको सभापतित्वमा भएको सो कार्यक्रममा शुभकामना मन्तब्य दिने अगुवा वक्ताहरुले जापानको नेपाली समुदायको हितलाई केन्द्रमा राखेर बितेको वर्षको समीक्षा गर्दै आगामी दिनहरुमा नेपाली समुदायबीचको मेलमिलाप, एकता, सद्भाव, भाइचारा र सहिष्णुतालाई अझ सुदृढ बनाउनुपर्ने तर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रको सम्मानमा राष्ट्रि्यगान लगत्तै उपसभापती नवराज थापाको स्वागत मन्तब्यबाट सुरु भएको सो कार्यक्रममा राजनैतिक पार्टीका भात्तृसंगठनका प्रतिनिधि, एनआरएन जापान, पत्रकार महासंघ, अन्य सामाजिक संघसंस्थाका प्रतिनिधि, ब्यवसायी बुद्धिजीवीहरुले नयाँ वर्षको शुभकामना ब्यक्त गरेका थिए ।
सो कार्यक्रममा महामन्त्री रामजंग कार्कीको संचालन रहेको थियो । ***

तपाईको प्रतिक्रिया