Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं-प्राधिकरणले ५ लाख ३४ हजार ५३ भूकम्पपीडित परिवारलाई पहिलो किस्तामा ५० हजारका दरले २६ अर्ब ७० करोड २६ लाख ५० हजार आवास निर्माणको अनुदान वितरण गरेको छ ।

दोस्रो किस्तामा ८२९ घरपरिवारलाई एक लाख ५० हजारका दरले १२ करोड ४३ लाख ५० हजार खर्च भएको छ । तेस्रो किस्ता भने प्राधिकरणले अहिलेसम्म वितरण गरेको छैन । अहिलेसम्म २६ अर्ब ८२ करोड ७० लाख प्राधिकरणले निजी आवास निर्माणका लागि खर्च गरेको छ । तर, तेस्रो किस्ता वितरण नभएकाले प्राधिकरणको कार्यविधिअनुसार कसैको पनि घर निर्माण पूरा भएको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट भूकम्पपीडितको निजी आवास निर्माणमा झन्डै २८ अर्ब रुपैयाँ खर्च भएको छ । तर,

गैरसरकारी संस्थामार्फत वितरित अनुदानबाट मात्र चार सय २० भूकम्पपीडितले घर निर्माण सकेर छानो लगाएका छन् । प्राधिकरणको २४ चैतसम्मको विवरणमा भूकम्पपीडितको निजी आवास निर्माणमा मात्रै गैरसरकारी संस्थाको सहित २७ अर्ब ७३ करोड ११ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । निजी आवास निर्माण कार्यविधिअनुसारको तीनै किस्ता जम्मा चार सय २० घरपरिवारले बुझेका हुन् । चालू आर्थिक वर्षमा पुनर्निर्माणका लागि एक खर्ब आठ अर्ब विनियोजन भएको छ । आवास निर्माणका लागि तीन किस्तामा तीन लाख रुपैयाँ दिने प्राधिकरणको कार्यविधि छ । घरको जगका लागि पहिलो किस्ता ५० हजार, घरको गारो लगाएपछि दोस्रो किस्ताको एक लाख ५० हजार र छाना लगाउन अन्तिम किस्ताको एक लाख रुपैयाँ दिने कार्यविधि छ ।

प्राधिकरणका प्रवक्ता यमलाल भुसालले तेस्रो किस्ता बुझ्ने कम भए पनि निराशालाग्दो अवस्था नरहेको दाबी गरे । ‘अहिलेसम्म घर बनेको संख्या न्यून देखिए पनि निराश हुने स्थिति छैन । अबको तीन महिनाभित्र यो संख्या धेरै बढ्नेछ,’ भुसालले भने, ‘बर्खाअघि सबैले तेस्रो किस्ताको रकम लैजान्छन् । सबैको घर बर्खाअघि नै बनिसक्नेछ ।’ पहिलो र दोस्रो किस्ताको रकम धेरै निकासा भएकाले खर्च विवरण धेरै देखिएको प्राधिकरणले जनाएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लाका ५ लाख ४२ हजार ५ सय ४५ परिवारले पहिलो किस्ता ५० हजार रुपैयाँ लगेको प्राधिकरणको विवरण छ ।

पहिलो किस्तामा २७ अर्ब १२ करोड ७२ लाख ५० हजार रुपैयाँ खर्च भएको तथ्यांक छ । प्राधिकरणबाट २६ अर्ब ७० करोड २६ लाख ५० हजार र गैरसरकारी संस्थाबाट ४२ करोड ४६ लाख रुपैयाँ वितरण भएको थियो । तर, दोस्रो किस्ता तीन हजार सात सय ४६ ले बुझेका छन् । दोस्रो किस्तामा ५६ करोड १९ लाख रुपैयाँ वितरण भएको थियो । यसमध्ये प्राधिकरणबाट १२ करोड ४३ लाख ५० हजार रुपैयाँ र गैरसरकारी संस्थाबाट ४३ करोड ७५ लाख ५० हजार रुपैयाँ वितरण भएको छ । प्राधिकरणका सह–प्रवक्ता डा। भीष्मराज भुसालले दोस्रो किस्ता लिनेको संख्या न्यून किन भयो भन्नेबारे विश्लेषण भइरहेको बताए ।

प्राधिकरणका तर्फबाट तोस्रो किस्ता रकम लिने शून्य छ । ‘तेस्रो किस्ताको रकम प्राधिकरणले अहिलेसम्म पनि दिन सकेको छैन । तर, एनजिओले दिएका छन्,’ प्राधिकरणका सह–प्रवक्ता डा। भुसालले भने, ‘यसको अर्थ प्राधिकरणबाट अनुदान लिएर अहिलेसम्म निजी आवास बनेका छैनन् । एनजिओबाट अनुदान लिनेहरूले मात्र आवास बनाएका छन् ।’

गैरसरकारी संस्थाले कहाँ कति घर बनाए ?
पुनर्निर्माण प्राधिकरणका अनुसार गैरसरकारी संस्थाद्वारा मकवानपुरमा २ सय ८९ घर निर्माण गरिएका छन् । दोलखामा एक सय ५ र नुवाकोटमा २६ घर निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

गैरसरकारी संस्थाद्वारा कति अनुदान वितरण ?
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले भूकम्पपीडित ८ हजार ४ सय ९२ घरपरिवारलाई पहिलो किस्ताको अनुदान वितरण गरेको छ । पहिलो किस्तामा ५० हजारका दरले ४२ करोड ४६ लाख रुपैयाँ वितरण भएको छ । गैरसरकारी संस्थाले २ हजार ९ सय १७ परिवारलाई दोस्रो किस्ता वितरण गरेको तथ्यांक छ ।

एक लाख ५० हजारका दरले वितरण गर्दा दोस्रो किस्तामा ४३ करोड ७५ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । तेस्रो किस्ता भने चार सय २० परिवारले लगेको र एक लाखका दरले चार करोड २० लाख रुपैयाँ वितरण भएको छ । अहिलेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट निजी आवास निर्माणमा ९० करोड ४१ लाख ५० हजार रुपैयाँ अनुदान वितरण भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया