Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं  – नेपालमा भूकम्प मापन गर्ने थप १८ केन्द्र स्थापना गरिने भएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पपछि विभिन्न देशको सहयोगमा थप १८ केन्द्र स्थापना गर्न लागिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका सिस्मोलोजिष्ट भरतप्रसाद कोइरालाले अहिले देशभर २१ केन्द्र रहेको र थप १८ केन्द्र थपिन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सन २०१८ सम्म चीन सरकारले १०, थाइल्यान्डको रायम्स कम्पनीले चार र जापान सरकारले आठ केन्द्र बनाउन सहयोग दिनेछन् ।”

केन्द्रले ‘गोरखा भूकम्प’ पछि नेपालमा गएका भूकम्पको धक्का प्रशोधन कार्य (अभिलेख राख्ने काम) गरिरहेको छ । केन्द्रका अनुसार २०७२ वैशाख १२ गते गएको भूकम्पपछि अहिलेसम्म नेपालमा ३० हजारभन्दा बढी भूकम्प तथा परकम्प गइसकेको छ ।

कोइरालाले गोरखा भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केलभन्दा माथिका ४७९ र त्योभन्दा तलका ३० हजारभन्दा बढी परकम्प गएको बताउनुभयो ।

वैशाख १२ गते गएको भूकम्पपछि दैनिक सयौं परकम्प गएको र त्यसको अभिलेख राख्न नसकेकाले अहिले केन्द्र अभिलेख राख्ने काम जुटिरहेको छ ।

उहाँले भन्नुभयो “देशभरका केन्द्रबाट आएका तथ्याङ्कको प्रशोधन गरिरहेका छौं । अहिलेसम्म झण्डै २० हजार परकम्पको प्रशोधनको काम भइसक्यो ।”

नेपालमा सन् १९७८ मा फ्रान्स सरकारको सहयोगमा ललितपुरको फुल्चोकीडाँडामा भूकम्प मापन केन्द्रको स्थापना भएको थियो । नेपालमा अहिले पूर्व ताप्लेजुङदेखि पश्चिम बैतडीसम्म २१ केन्द्रबाट भूकम्प मापन हुँदै आएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया