Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – विनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी नेपालको शिर विश्वसामु उचो पार्ने पर्वतारोही आङरिता शेर्पाको स्वास्थ्य नाजुक बन्दै गएको छ । हिमचितुवा उपनामले चर्चित शेर्पा सिकिस्त बिरामी भएपछि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा आइतबार भर्ना गरिएको छ ।
विनाअक्सिजन सगरमाथा आरोहण गर्न सफल ७० वर्षे शेर्पा थलिए पनि राज्यले अहिलेसम्म कुनै सहयोग नगरेको छोरी डोल्मा ल्हामु शेर्पाले दुःखेसो पोख्नुभयो । ‘नेपालको पर्वतारोहण इतिहासमा बुबाको योगदान अतुलनीय रहेकोमा दुईमत छैन’, उहाँले भन्नुभयो, ‘तर आज उहाँ आईसीयूमा मृत्युसँग संघर्ष गरिरहे पनि राज्यले वास्ता गरेन ।’ १० पटक अक्सिजनविनै सगरमाथा आरोहण गर्ने साहसी शेर्पालाई तत्कालीन राजा वीरेन्द्र र सरकारले स्वास्थ्य खराब हुने भन्दै पर्वतारोहणमा नजान सुझाव दिएपछि उहाँले वि श्राम लिनुभएको थियो । उहाँले देखाएको बहादुरीको बाटो पहिल्याएर कीर्तिमान बनाउने आरोहीले समेत शेर्पाको उपचारमा कुनै चासो देखाएका छैनन् ।
अहिलेसम्म सरकारले कुनै चासो नदिएको छोरी डोल्माले बताउनुभयो । सोमबार बिहान उहाँको स्वास्थ्यस्थिति अत्यन्त चिन्ताजनक भएको र मस्तिष्कमा समस्या भएकाले चिकित्सकका अनुसार अप्रेसन गर्नुपर्ने सम्भावना रहेको डोल्माले बताउनुभयो । एक वर्षअघि मात्रै जेठा छोराको निधन भएको र कान्छा छोरा लान्दरुको पनि गत शुक्रबार सगरमाथा आधार शिविरमा लडेर खुट्टा भाँचिएपछि आङरिता थप चिन्तित बन्नुभएको थियो ।
उपचार गर्न रकम अभावले सिकिस्त उहाँलाई अस्पतालबाट निकाल्नुपर्ने अवस्था आउन सक्ने भन्दै परिवारले सहयोग गर्न सबैसँग आग्रहसमेत गरेको छ । विश्वभर नेपाल चिनाउन उहाँको योगदान अतुलनीय भए पनि उपचारमा राज्यले कुनै चासो नदिनु किंवदन्तीजस्ता कीर्तिमानी आरोहीको अपमान भएको सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाले बताउनुभयो । सोलुखुम्बुको थमोमा जन्मिनुभएका आङरिताले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गर्नुभएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया