Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – नेपाल स्वास्थ्य अनुसन्धान परिषद् २७औँ वर्षमा प्रवेश गरेको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन हुने भएको छ ।

परिषद्ले बर्सेनि आयोजना गर्ने उक्त सम्मलेन यही चैत २८ गतेदेखि ३० गतेसम्म काठमाडौँमा हुनेछ । सम्मेलनमा एक हजार स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकले विभिन्न आठवटा विधाका अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्नेछन् ।

आज आयोजित पत्रकार सम्मेलनमा परिषद्का कार्यकारी अध्यक्ष प्रा. डा. अञ्जनीकुमार झाले सम्मेलनमा नसर्ने रोग, पोषण, मातृ तथा बालस्वास्थ्य, सरुवा, उष्ण प्रदेशीय ट्रपिकल रोग तथा वातावरणीय र पेसागत संस्था, मानसिक स्वास्थ्य, स्वास्थ्य व्यवस्था, यौन र प्रजनन् स्वास्थ्य तथा किशोरकिशोरी स्वास्थ्य र सिस्टमेटिक रिभ्यु विषयमा कार्यपत्र प्रस्तुत गरिने जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखाका प्रमुख डा झोलाराम श्रेष्ठले चिकित्सा सेवामा अनुसन्धान अपरिहार्य भएको बताउनुभयो । उहाँले नागरिकलाई विशिष्ठ उपचार सेवा प्रदान गर्न अनुसन्धान आवश्यक भएकाले यस्ता सम्मलेनले चिकित्सकलाई टेवा पुग्ने बताउनुभयो ।

सम्मेलनबाट अनुसन्धानकर्ता र वैज्ञानिकलाई आफ्नो खोज अनुसन्धानलाई प्रचारपसार गर्न प्रेरित गर्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया