Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

गुल्मी – सत्यवती गाउँपालिका–५ कि यशोदा सापकोटा २७ माघमा ससुराको मलाम जानुभयो । गाउँका दिदी–बहिनीले साथ दिए । ती महिला शव बोकेर घाट मात्रै पुगेनन्, दाहसंस्कार गरेर घर फिर्ता भए ।

उनीहरूले शव बोकेको देख्दा र मलामी जाँदा गाउँमा धर्म हराएको मान्नेहरू पनि भेटिए । तर, कतिले उनीहरूको हिम्मतलाई सम्मान पनि गरे । तर, सत्यवती गाउँपालिका मात्रै होइन, वरपरका अन्य गाउँमा समेत महिला शव बोकेर घाट जान्छन् ।

अरू जोखिमपूर्ण कामहरू पनि गर्छन् । कोही बिरामी परेमा महिला नै अघि सर्नुपर्छ । ‘यो संस्कार महिलाले रहरले अपनाएका भने होइनन्, बाध्यता पनि हो । गाउँका सबैजसो युवा विदेशिएका छन्, सजिलो अप्ठ्यारो सबै काम महिलाकै जिम्मा आएको छ’सत्यवतीका कृषि राना भन्नुहुन्छ । केही वर्ष अघिसम्म गाउँ टोल छर–छिमेकमा विवाह, व्रतबन्ध वा कुनै संस्कारमा युवाको उल्लेख्य सहभागिता हुन्थ्यो । नाचगानको बेग्लै रमाइलो पनि हुन्थ्यो ।

मालिका गाउँपालिका मोतीलाल घिमिरे भन्नुहुन्छ, ‘एक छोरा र एक बुहारी कामको सिलसिलामा बाहिर छन्, बिरामी पर्दा पानी तताएर दिने घरमा छैनन्, ठूलो समस्या परे सहयोग गर्ने गाउँमा छैनन् ।’ जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमले शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै रोजगारी र अवसर खोज्दै सर्वसाधारण गाउँबाट सुगम, सुगमबाट सहर जाने क्रम बढेकाले गाउँ सुनसान हुन थालेको बताउनुभयो ।

‘वैदेशिक रोजगारीले मान्छेको स्तर बढ्दै गएको छ, त्यसको पनि प्रभाव हो’,उहाँ भन्नुहुन्छ । अनुसन्धान गरेर त्यहीअनुसारको विकासको अवधारणा गराउन नसके आगामी ५ वर्षमा धेरै गाउँ रित्तिने सम्भावना बढेको उहाँले बताउनुभयो।

जनगणना २०५८ कै तुलनामा लैंगिक असन्तुलनको अनुपात ६ प्रतिशतले बढेको छ । ‘गाउँमा प्राकृतिक र दैवी विपत्ति आइलाग्दा धेरै गाह्रो हुन्छ, संचारकर्मी लोकप्रसाद छन्त्याल भन्नुहुन्छ मलामी जान मात्र होइन, कसैको बिहे उम्काउनुपरे पनि महिला नै अघि सर्छन् ।

’जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार प्रत्येक वर्ष आठदेखि १० हजारले राहदानी बनाउने गर्दछन् । अवसरको खोजिमा युवा धमाधम गाउँ छाड्दै छन् । त्यसैले गाउँबस्ती रित्तिदै छन् । २०६८ को जनगणना अनुसार जिल्लाका १० गाविसमा ५ सयभन्दा कम घरपरिवार छन् । जिल्लाकै सबैभन्दा दुर्गम मानिएको जयखानी गाविसमा अहिले जम्मा २ सय ७० घरपरिवार मात्र छन् ।

त्यस्तै अर्को पश्चिम क्षेत्रको दुर्गम अर्खाबाङमा तीन सय १० घरपरिवार मात्र बसोबास गर्दै आएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया