Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – सरकारले सुरु गरेको ‘स्वास्थ्य बीमा कार्यक्रम’मा ४५ हजार दुई सय ७७ जना सदस्य बनिसकेका छन् भने आठ हजार सात सय ३८ घरपरिवार लाभान्वित भएका छन् । सर्वसाधारणलाई स्वास्थ्यमा सहज पहुँचभित्र ल्याउन एक वर्षअघि सरकारले कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रममा सञ्चालनमा ल्याएको थियो ।

स्वास्थ्य मन्त्रालयको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले स्वास्थ्य बीमा कार्यक्रम उपलब्धिमूलक बन्दै गइरहेको बताउनुभयो । डा लोहनीले एक वर्षमा छ हजार ६७ जनाले स्वास्थ्य बीमा सुविधा लिएको जानकारी दिँदै दुई करोड २६ लाख ३८ हजार पाँच सय रुपियाँ सङ्कलन भइसकेको बताउनुभयो ।

स्वास्थ्य बीमा लागू भएका जिल्लामा २१ वटा प्राथमिक स्वास्थ्य केन्द्र, १६ वटा सरकारी अस्पताल र २८ वटा रिफरल अस्पतालबाट बिरामीले उपचार पाएको कार्यकारी निर्देशक डा लोहनीले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य बीमामार्फत सेवा लिँदा उपचार दिएका अस्पताललाई ५३ लाख ५४ हजार सात सय ५० रुपियाँ भुक्तानी दिएको जानकारीसमेत दिनुभयो ।

तपाईको प्रतिक्रिया