Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

सोलुखुम्बु – जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुमा सम्पन्न निःशुल्क शिविरमा मोतिबिन्दु भएका ५९ जनाको शल्यक्रिया गरिएको छ ।

तिलगङ्गा आँखा अस्पताल र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको संयुक्त आयोजनामा आइतबार र सोमबार भएको शिविरमा ६०४ जनाको आँखाको परीक्षण तथा उपचार गरिएको र त्यसमध्ये ५९ जनाको मोतिबिन्दुको शल्यक्रिया र दस जनाको आँखाको ढकनी खुम्चिएकोसम्बन्धी शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुका प्रमुख ताराबहादुर वाइबाले जानकारी दिनुभयो ।

यसअघि जिल्लाका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गरी जटिल समस्या भएका रोगी छनोट गरिएको थियो । गाउँ÷गाउँमा छनोट गरिएका रोगीको विशेषज्ञसहित जिल्लास्तरमा शिविर सम्पन्न गरी उपचार गरिएको प्रमुख वाइबाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया